मेरो शेयरको खाता नवीकरण इसेवाबाट गर्न सकिने

Citizen Life Insurance Co

काठमाडौं । इसेवाबाट मेरो शेयरको एकाउन्ट नवीकरणको भुक्तानी गर्न सकिने भएको छ । लगानीकर्ताहरूलाई यसअघि डिम्याट एकाउन्ट नवीकरण तथा ब्रोकरको रकम भुक्तानी सेवा दिँदै आएको ई–सेवाले मेरो शेयरको एकाउन्ट नवीकरण सेवा पनि थप गरेको हो ।

लगानीकर्ताले रियल टाइममै आफ्नो ‘मेरो शेयर’ नवीकरण गर्न सकिने ई–सेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताए । ई–सेवामा नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आबद्ध छन् ।

ईसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार