४२ अंकले घट्यो नेप्से

Citizen Life Insurance Co

काठमाडौं । साताको पहिलो दिन दिन नेप्से ४२ दशमलव ७८ अंकले घटेर १३९६ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज १ सय ८९ कम्पनीको ४६ लाख ६१ हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ ।

सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ। आज सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्सकोे शेयर २२ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको शेयर १४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आरम्भ चौतारी लघुवित्तका लगानीतकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् भने दोस्रो बजारमा पहिलो पटक कारोबार भएको अजोड इन्स्योरेन्सको लगानीतकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

जोशी हाईडोपावरका लगानीकर्ताले ९ दशमलव ७२ प्रतिशतका दरले गुमाएको छ भने ओरियन्टल होटलका लगानीकर्ताले ७ दशमलव ८८ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार