IME Life

कोरोना बीमा निःशुल्क र ५०% छुटको कार्यविधि लागू नहुँदै छटपटी

SPIL
NIC ASIA

काठमाडौं । सरकारले बजेटमा घोषणा गरेको कोरोना बीमामा छुट दिने सम्बन्धी कार्यविधि लागू नहुँदै बीमा क्षेत्रमा भने छटपटी सुरु भएको छ । सरकारले बजेटमार्फत करिब ६ लाख कर्मचारीहरुको निःशुल्क कोरोना बीमा गर्ने तथा आम सर्वसाधारणलाई ५० प्रतिशत छुटमा कोरोना बीमा गर्ने सुविधा प्रदान गर्ने चालु आर्थिक बर्षको बजेटमै घोषणा गरेको थियो । सो कुरा बजेट पास भई लागू भएको १५ दिन बितिसक्दा समेत कार्यान्वयनमा आएको छैन । बीमा समितिले पठाएको कोरोना बीमाको मापदण्ड अर्थमन्त्रालयले स्वीकृत गर्न बाँकी रहेकाले लागू भइसकेको छैन ।

कोरोना बीमामा छुट सुविधा कार्यान्वयन सुरु हुनै लाग्दा बीमा क्षेत्रमा भने छटपटी चलेको छ । छ लाख कर्मचारीहरुको कोरोना बीमाको जोखिम थपिने तथा ५० प्रतिशत छुट हुँदा प्रिमियम सस्तो भई आम सर्वसाधारणको समेत आकर्षण बढ्ने हुँदा बीमा समिति र बीमा कम्पनीहरुमा समेत छटपटी सुरु भएको हो । स्रोतका अनुसार कोरोना बीमाको बीमाङ्क रकम एक लाखबाट घटाएर ५० हजारमा झार्ने पटक पटक प्रयास भइरहेको छ । कोरोना बीमाको रकम घटाउने सम्बन्धमा बीमा समिति समेत सकारात्मक रहेको बताइन्छ । यद्यपि सो सम्बन्धमा बीमा समितिले औपचारिक धारणा अघि सारेको छैन । कोरोना बीमा गर्दै आएका बीमा कम्पनीहरुले सरकारले अघि बढाउन लागेको छ लाख कर्मचारीको निःशुल्क र सर्वसाधारणलाई ५० प्रतिशत अनुदानमा कोरोना बीमा गर्ने कार्यक्रमपछि कोरोना बीमा गर्नेको संख्यामा उल्लेख्य बृद्धि हुँदा कम्पनीहरुमाथि त्यसको ठूलो भार पर्न सक्ने चेतावनी बीमा कम्पनीहरुले दिन थालेका छन् ।

Prabhu
Crest

त्यसो त कोरोना बीमाको जोखिम बहन समेत बाँडफाँड गरिएको कारण तत्काल आत्तिनुपर्ने अवस्था भने छैन । कोरोना बीमाको दायित्व बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा कम्पनीमा रहेको महाविपत्ति कोष, बीमा समिति समेतलाई विभाजन गरिएकोले कोरोना महामारी फैलिएको अवस्थामा समेत कुनै बीमा कम्पनी विशेषलाई ठूलो भार पर्नेछैन । कोरोना बीमाको पुनर्बीमा नहुने हुँदा सबै जोखिम नेपालभित्रैबाट बहन गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS