IME Life

आधा दर्जन कम्पनीको झण्डै १३ करोड कित्ता हकप्रद शेयर पाइपलाइनमा, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आधा दर्जन कम्पनीहरुले आवेदन दिई अनुमतिको प्रक्रियामा छन् । छ वटा कम्पनीले कुल १२ करोड ८३ लाख ९९ हजार २२६ दशमलव ४६ कित्ता हकप्रद शेयर निष्काशनका लागि आवेदन दिएका हुन् ।

हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतको पर्खाइमा रहने कम्पनीहरुमा श्रीराम सुगर मिल्स, हाइड्रो ईलेक्ट्रिसीटी, समृद्धि फाइनान्स, बरुण हाइड्रोपावर, नेपाल फाइनान्स र ङादी ग्रुप पावरले निवेदन दिएका हुन् । यद्यपि श्रीराम सुगर मिल्स कम्पनी नै सदाको लागि बन्द गर्ने निर्णय गत साता मात्रै गरेकाले कम्पनीकोे हकप्रद शेयर अब स्थगित हुनेछ । सो कम्पनीको शेयर नेप्समा समेत कारोबार रोक्का भइसकेको छ ।

Prabhu
Crest

बोर्डमा निवेदन दिने कम्पनीहरुमध्ये सबैभन्दा धेरै कित्ता हाइड्रो ईलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको रहेको छ । जसले ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ ।

त्यस्तै, श्री राम सुगर मिल्सले ८९ लाख ३ हजार ९ सय ४९ दशमलव ८१ कित्ता हकप्रद शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । नाङदी ग्रूप पावरले १६ लाख ६ हजार ६ सय ६४ दशमलव ४० कित्ता हकप्रद शेयर निष्काशनको लागि निवेदन दिएको छ । त्यसैगरी, समृद्धि फाइनान्स कम्पनीले ३६ लाख ३९ हजार ६०६ कित्ता, नेपाल फाइनान्सले १६ लाख ९७ हजार ५०६ कित्ता र बरुण हाइड्रोपावर कम्पनीले २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएका छन् ।

के हो हकप्रद शेयर?
विगतमा सर्वसाधारणमा साधारण शेयर निष्काशन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण शेयर निष्काशन गर्ने भएमा त्यसरी निष्काशन गरिने शेयरहरु खरीद गर्ने पहिलो हक विद्यमान शेयरवालाहरुलाई प्राप्त हुन्छ । यसप्रकार पुनः निष्काशन गरिने शेयरमा विद्यमान शेयरधनीको पहिलो हक हुने भएकोले त्यस्तो शेयरलाई हकप्रद शेयर भनिन्छ ।

हकप्रद शेयर खरीद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान शेयरधनीहरु स्वतन्त्र हुन्छन् । सबै शेयर बिक्री नभएमा कम्पनीले बाँकी रहेको शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने व्यवस्था छ । विद्यमान शेयरधनीले आफूले पहिले खरीद गरेको शेयरको अनुपातमा हकप्रद शेयर खरीद गर्ने अधिकार प्राप्त गर्दछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS