रिलायन्स लाईफको ६३ करोडको आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत

Citizen Life Insurance Co

काठमाडौं । रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले जारी गर्न लागेको ६३ करोड रुपैयाँ बराबरको आइपीओ नेपाल धितोपत्र बार्डबाट स्वीकृत भएको छ । कूल जारी पुँजि दुई अर्ब १० करोड रुपैयाँको ३० प्रतिशत अर्थात सय रुपैयाँ अंकित दरमा ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको प्रकृयालाई बोर्डले आज स्वीकृति गरेको हो ।

आइपीओ निष्काशत तथा विक्री प्रबन्धकमा सानिमा क्यापीटल रहेको छ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई ईक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ ।

आईपिओ जारी प्रक्रिया पूरा भएपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । एक अर्ब ४७ करोड रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको कम्पनीले ६३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न गर्न स्वीकृति पाएसँगै अब छिट्टै आवेदन खोल्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार