IME Life

९०० कर्मचारीले काम गर्ने जगदम्बा इन्टरप्राईजेजका सिईओको कोरोनाबाट मृत्यु

SPIL
NIC ASIA

काठमाडौं । कोरोना भाइरस स्थानीय तहमा फैलिएको आशंका गरिएको बीरगन्जमा एक प्रख्यात उद्योगका सिईओको मृत्यु भएको छ । बीरगन्जस्थित जगदम्बा इन्टरप्राईजेजका ५६ बर्षिय सिइओको कोभिडबाट गएराति मृत्यु भएको गण्डक अस्थायी कोभिड अस्पतालले जनाएको छ । सो कम्पनीमा कूल ९०० जना कर्मचारी कार्यरत रहेको र हाल सबै कर्मचारीहरु घरैमा क्वारेन्टाईनमा बसेको जनाए । सो उद्योग सिल गरिएको सो कम्पनीका एक कर्मचारीले जानकारी दिए ।

१५ दिन अघि ज्वरो आएपछि अस्पताल पुगेका थिए । अस्पतालमा पिसिआर चेकजाँच गर्दा कोरोना पोजेटिभ फेला परेपछि कोभिड अस्पतालमा उपचार भइरहेको थियो । विगतमा एक पटक मुटु रोगको उपचार गराइसकेका ति भारतीय नागरिक यही साउन ७ गतेदेखि उपचाररत थिए । हिजो सास फेर्न गाह्रो भएपछि कोभिड अस्पताल पुर्याइएर भेन्टिलेटमा राखिएकोमा राति साढे ११ बजे उनको मृत्यु भएको हो ।

Prabhu
Crest

जगदम्बा इन्टरप्राईजेजका अनुसार एक साता अघि जगदम्बा इन्टरप्राईजेजका अन्तर्गत कार्यालयमा काम गर्ने ४५ जना कर्मचारीहरुको कोरोना बीमा गरिएको थियो । मृतक सिईओको भने भारतीय नागरिक भएकोले कोरोना बीमा गर्न मिलेका थिएन । जगदम्बा इन्टरप्राईजेज शंकर ग्रुप नजिकका अनिल रुङ्गटा, रमेश अग्रवाल समुहको लगानीमा सञ्चालित पाईप उद्योग हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS