IME Life

गत आर्थिक वर्षमा ३९ बीमा कम्पनीहरुले आर्जन गरे एक खर्ब २० अर्ब रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । हाल नेपालमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असार मसान्तसम्ममा एक खर्ब २० अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

१९ जीवन बीमा कम्पनीहरुबाट ९४ अर्ब ३५ करोड र राष्ट्रिय बीमा कम्पनी बाहेकका १९ निर्जीवन बीमा कम्पनीहरुबाट २५ अर्ब ८४ करोड रुपैयाँ गरी सो बराबरको कुल बीमाशुल्क आर्जन गरेको हो । चालु आर्थिक वर्षमा जीवन बीमातर्फ नेपाल लाइफ र निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्स सबैलाई उछिनेर आफ्नो अग्रता कायमै रहन सफल भएका छन् । यस अवधिमा नेपाल लाइफले २८ अर्ब ३९ करोड र शिखर इन्स्योरेन्सले ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७६/७७ को असार मसान्तसम्ममा झण्डै एक खर्ब नजिक बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०७६।७७ को असार मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले असार मसान्तसम्ममा २८ अर्ब ८४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । उसको बजार हिस्सा ३० प्रतिशत माथि छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । कम्पनीले असार मसान्तसम्ममा १५ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ९अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, सानिम लाइफले ८२ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source : Beema Samiti

निर्जिवन बीमा कम्पनीहरु असार मसान्तसम्ममा २५ अर्ब ८४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क आर्जन रकम तथ्याङ्कमा समावेश गरेको छैन । असार मसान्तसम्ममा शिखर इन्स्योरेन्सले ३ अर्ब ५२ करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले २ अर्ब १८ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ७ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ९३ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सले १ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, युनाईटेड इन्स्योरेन्सले ६६ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ५४ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले ३५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source : Beema Samiti

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS