IME Life

बिक्रेता नआउँदा अजोडको शेयर कोरोबार सुरु भएन

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर नेप्सेमा सुचिकृत भएको आज तीन दिन बितिसकेको छ । हिजोबाट कारोबार सुरु हुनुपर्नेमा आज पनि शेयर कारोबार भएन । अजोड इन्स्योरेन्सको शेयर कारोबार भोलि पनि हुन्छ कि हुँदैन स्पष्ट भइसकेको छैन ।

अजोड इन्स्योरेन्सको शेयर प्रि म्याचिङमा बिक्रेता नआउँदा कारोबार हुन नसकेको हो । नेप्सेमा कारोबार सुरु हुनुअघि विहान १०ः३० देखि १०ः४५ बजेको बीचमा क्रेता र बिक्रेताले जम्काभेट हुनुपर्दछ । पहिलो कारोबारको लागि प्रिम्याचिङको अनिवार्य व्यवस्था गरिएको छ ।
आईपिओको प्रिम्याचिङ समयमा खरिदकर्ता र बिक्रेता नआए प्रिम्याचिङ नभएको मानिन्छ र ११ बजे कारोबार सुरु भइसकेपछि आईपिओ निष्काशन गरी पहिलो कारोबार हुने कम्पनीको शेयर कारोबार हुँदैन ।

Prabhu
Crest

अजोड इन्स्योरेन्सको शेयर पनि प्रिम्याचिङमा बिक्रेता नआउँदा कारोबार नभएको हो । अजोड इन्स्योरेन्सको ओपनिङ रेन्ज कम भएको तथा जम्मा १० कित्ता शेयर परेकोमा त्यस्तो शेयर बिक्री गर्न बिक्रेता तयार नभएकोले शेयर कारोबार नभएको हो । अजोड इन्स्योरेन्सको दोस्रो बजारमा ३० लाख कित्ता शेयर कारोबार हुनेछ । कुल एक करोड कित्ता शेयर सूचिकृत भएकोमा ७० प्रतिशत शेयर संस्थापक शेयरधनीहरुको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS