IME Life

मानिसको अभिन्न बन्दै बीमा, यी हुन बीमा गर्दाका पाँच फाइदा

SPIL
NIC ASIA

काठमाडौं । २०७२ सालमा आएको महाभूकम्पपछि बीमाबारे नेपालीहरुले सोच्ने विचारमा ‘सकारात्मक’ परिवर्तन आएको देखिन्छ । नेपालीहरुमा बीमाप्रतिको आकर्षण बढेको छ । तर पनि जति अघि बढ्नुपर्ने हो त्यो गतिमा अझै बीमा व्यवसाय अघि बढ्न सकेको छैन । नेपालमा बीमा व्यवसाय फस्टाउन नसक्नुको प्रमुख कारणहरु नेपाली समुदायमा बीमा सम्बन्धी आवश्यक जानकारीको अभाव नै हो । बीमा भनेको के हो ? यसबाट के फाईदा हुन्छ भन्ने जानकारी सर्वसाधारणमा प्रभावकारी ढंगबाट बुझाउन अझै सकिएको छैन । पश्चिमी मुलुकहरुमा हेर्ने हो भने त्यहाँ हरेक जसो नागरिकले बीमा गर्नैपर्ने व्यवस्था छ । तर नेपालमा त्यस्तो व्यवस्था छैन । पछिल्लो समयमा नेपालमा पनि बीमा पहुँच बढ्दै गएको देखिन्छ । हाल करिब २७ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको तथ्याङकले देखाउछ ।

मानिसको जीवन वा धन सम्पतिकोको कुनै टुंगो हुँदैन भन्ने कुरा भूकम्पले सिकाएर गएको छ । आफ्नो र परिवारको भविष्य सुरक्षित गर्ने माध्यमका रुपमा पनि बीमालाई महत्वपूर्ण मानिन्छ । किनभने सामान्य हिसाबले भन्दा जीवन बीमाको मुख्य आधार भनेकै आर्थिक जोखिमको हस्तान्तरण हो । हरेक व्यक्तिको जीवनमा एक प्रकारको आर्थिक जोखिम हुन्छ । कुनै पनि व्यक्तिले आफ्नो जीवनको योजना बनाउँदा परिवारको भविष्यका बारेमा पनि सोच्नुपर्छ । बीमाले मानिसको जीवनमा आइपर्ने हरेक किसिमका जोखिमलाई केही हदसम्म कम गर्ने गर्दछ । त्यसकारण बीमा सबै मानिसको लागि अपरिहार्य छ ।

Prabhu
Crest

यस्ता छन् बीमा गर्नुको पाँच फाइदा
आर्थिक जोखिमको हस्तान्तरण : हरेक व्यक्तिको जीवनमा आर्थिक मूल्य हुन्छ । कुनै व्यक्तिले जुन सुकैे माध्यमबाट आम्दानी गरिरहेको हुन्छ । त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । सधैको समय एउटै हुँदैन, मानिसको जीवनमा उत्तरचढाव भने पक्कै आउछ नै त्यसकारण भविष्यमा आइपर्ने हरेक जोखिमलाई कम गर्नका लागि जीवन बीमा गर्नुपर्ने हुन्छ । अरू सबै सामानको मूल्य निर्माण गर्दा नै तोक्न सकिन्छ । तर, मान्छेको मूल्य भने उसले आफैँ तोक्ने हो । कसरी, कस्तो परिवेशमा के काम गरिरहेको छ, त्यो अनुसार उसको आफ्नो जीवनको मूल्य हुन्छ । त्यही आधारमा हामीले बीमा गरेको हुनुपर्छ । कुनै घटना वा दुर्घटनाका कारण उसको परिवारले ठूलो दुखको सामना गर्नु नपरोस भन्ने यसको आसय हो । त्यसैले आर्थिक जोखिमको हस्तान्तरण गर्दा बीमाबाट फाइदा लिन सकिन्छ ।

भविष्यको योजना निर्माणका लागि : हरेक मानिसहरुको इच्छा र आकांक्षा आवश्यकताभन्दा माथि नै हुन्छ । हामीसंग भविष्यका योजनाहरु पनि हुन्छन् । सोही अनुसार हामी काम गरिरहेका हुन्छौँ । उदाहरणका लागि तीन वर्षपछि राम्रो घर बनाउँछु,राम्रो गाडी किन्छु । यस्ता योजनामा हामीले आँखा चिम्लेर सोचेर मात्र पुग्दैन । यसका लागि हामीले बचत गर्न थाल्नुपर्छ । त्यो बचत गर्ने पैसा बैंकमा नगरी बीमा गर्न सकियो भने एकतिर बचत हुन्छ त हर्कोतिर बीमा । कुनै पनि व्यक्तिका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमामार्फत भविष्यको योजना बनाउन सकिन्छ ।

दीर्घकालीन पुँजी निर्माण : तपाईँ हामी सबैलाई आफ्नो उच्च आर्थिकस्तर, गुणस्तरीय जीवनको चाहना हुन्छ । जुन आजको भोलि हुन सक्दैन । त्यसमा निश्चित समयसम्म धैर्य गर्नुपर्छ, संगै मिहिनेत गर्नुपर्छ । योजना निर्माण गरेर बचत पनि हुनुपर्छ । जीवन बीमाका विभिन्न योजनाअनुसार निश्चित समयसम्म हामीले शुल्क तिर्दै जान्छौँ । त्यही आधारमा बचत हुँदै जान्छ । यदि नियमित तिरेन भने त्यो खारेज हुन्छ । यसले बिमाशुल्क तिर्न अनुशासित बनाउँछ । यो अनिवार्य बचतका रूपमा हामी सोच्न थाल्छौँ । त्यसले भविष्यमा पुँजी निर्माण गर्छ । त्यो रकमलाई बीमातर्फ केन्द्रीत गरियो भने त्यो रकमले दैनिक जीवनयापनभन्दा फरक आवश्यकता पूरा गर्न सकिन्छ ।

बालबालिकाको शिक्षा :हरेक व्यक्तिले आफ्ना सन्तान शिक्षीत बनुन् भन्ने चाहना राखेका हुन्छन् । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिन्छ भन्ने यसैले देखाउँछ ।

ऋणको समस्याबाट मुक्ति : हाम्रो मुलुकमा सबैभन्दा ज्यादा नेपाली ऋणको समस्याबाट गुज्रिएको पाइन्छ । कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वा ऋण लिन्छ । कसैले घर बनाउनुपर्यो भने ऋण लिने र मासिक किस्ता तिरी ढुक्कले बसेको हुन्छ । उसले आफ्नो कमाइसँग जोडेर यतिसम्म तिर्न सक्छु भनेर काम गरेको हुन्छ । मैले १० वर्षको ऋण लिएको छु, सजिलै तिरिहाल्छु । तर सोचेको जस्तो हुदैन एक जनाको कमाइले घर धान्न गाह्रो नै हुने भएकाले आज किनेको घर भोलि परिवारका लागि ठूलो तनाव हुन सक्छ । यो तनावबाट बाँच्न जति ऋण लिएको छ, सोहीबराबरको जीवन बीमा गर्ने हो भने उसलाई केही भइहालेमा पनि उसको परिवार घरबाट निकालिनुपर्ने अवस्था आउँदैन । बैंकले घरको बीमा गरेको हुन्छ । सो समयमा केही भइपरी आयो भने बीमा पाउछ । त्यसकारण बीमा गर्यो भने ऋणको समस्याबाट मुक्ति पाउन सकिन्छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS