नेपाल राष्ट्र बैंकले १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै

Citizen Life Insurance Co

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत सोमबार ट्रेजरी बिल बिक्री हुन लागेको जनाएको हो।

ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ। कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार