सुनको मुल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको भाउ?

Citizen Life Insurance Co

काठमाडौं । आज सोमबार सुन चाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । हिजो आइतबार ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन आज तोलामा १२ सय रुपैयाँले नै बढेर ९७ हजार ६० रुपैयाँ पुगेको छ ।

आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १२ सय १० रुपैयाँमा कारोबार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार