IME Life

रिलायबल नेपाल लाईफको दोस्रो बार्षिक साधारणसभा सम्पन्न, आईपिओ जारी गर्ने प्रस्ताव पारित

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाईफको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार राजधानी काठमाडौको होटल मेरियटमा सम्पन्न भएको साधारणसभाबाट आईपिओ जारी गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको कम्पनीले जनाएको छ । कम्पनीको आर्थिक वर्ष २०७४।०७५ को वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन समेत पारित भएको सो कम्पनीले जनाएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष उदय नेपालीले रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले १७ प्रकारका बीमा पोलिसीहरु बजारमा ल्याएको जानकारी दिँदै एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको बताउँदै हाल ८२ वटा आउटलेटहरु सञ्चालनमा रहेको बताए ।

Prabhu
Crest

सो कम्पनीले दोस्रो बार्षिक साधारणसभाबाट आईओपिओ जारी गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेपनि तत्कालै आईपिओको लागि आवेदन दिन भने पाउने छैन । कम्पनीको आव २०७५।०७६को लेखा परिक्षण सम्पन्न भई तेस्रो बार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै आईपिओको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिन योग्य हुनेछ । कम्पनीले २०७४ भदौं ३ गते कारोबार सुरु गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS