२२ अंकले बढ्यो नेप्से, झण्डै दुई अर्बको कारोबार

Citizen Life Insurance Co

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्जमा झण्डै दुई अर्बको कारोबार भएको छ । नेप्से परिसूचक २२ अंकले बृद्धि भई १४५६.५ पुगेको छ ।

बजार खुलेपछि घटबढ भइरहेको नेप्सेमा आइतबार कारोबार र परिसुचक दुवै बढेको छ । आइतबार एक अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० रुपैयाँ कारोबार भएको छ ।

आइतबार होटल, जलविद्युत र म्युचुअल फण्डको कारोबार सूचांक रातो अर्थात घटेको छ भने बाँकीको कारोबार बृद्धि भएको छ । आइतबार मिर्मिरे लघुवित्त, तारागाउँ रिजेन्सी होटल, सगरमाथा इन्योरेन्स, प्रिमियर इन्योरेन्स, शिखर इन्योरेन्सको शेयर मूल्य बृद्धि भएको छ । त्यस्तै, बेष्ट फाईनान्स र नेशनल हाईड्रो पावरको मूल्य भने घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार