IME Life

काठमाडौंस्थित प्रहरी हेडक्वाटरभित्रै कोरोना, बीरगन्जको अवस्था भयावह बन्ने जोखिम

SPIL
NIC ASIA

काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल प्रहरीको हेडक्वाटरमा कार्यरत प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको छ । नेपाल प्रहरीको हेडक्वाटरभित्रै कोरोना भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसको कारण बीरगन्जको अवस्था भयावह हुने दिशातर्फ अघि बढेको छ । छिमेकी देश भारतसँग सीमा जोडिएको बीरगन्जमा कोरोना भाइरसबाट पछिल्लो एक सातामा चार जनाको मृत्यु भइसकेको छ ।

प्रहरी हेडक्वाटरभित्र कार्यरत चार जना प्रहरीमा कोरोना भाइरस पुष्टि भएको छ भने आधा दर्जन प्रहरी कर्मचारी तथा हाकिमका सवारी चालकलाई कोरोना भाइरसको आशंकामा पिसिआर परिक्षणको लागि स्वाव संकलन गरिएको छ । राजधानी काठमाडौंको शान्ति सुरक्षा हेर्न जिम्मेवारी पाएको निकायको मुख्यालयमा कोरोना भाइरस भेटिएपछि काठमाडौंमा कोरोनाको त्रास बढेको छ ।

Prabhu
Crest

प्रहरीको सञ्चारमा कार्यरत एक जना हवल्दारसहित चार जनामा संक्रमण पुष्टि भएको छ भने बाँकी आधा दर्जन शंकाको घेरामा परेपछि आजबाट प्रहरी हेडक्वाटरभित्रै कोरोना भाइरसको आतंक फैलिएको छ । यद्यपि सो सम्बन्धमा प्रहरीले औपचारिक जानकारी भने दिइसकेको छैन ।

विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोनाको कारण नेपालमा १२० दिनसम्म लकडाउन गरिएको थियो । यही साउन ६ गतेदेखि सरकारले कोरोना नियन्त्रणभित्रै रहेको भन्दै लकडाउन खोल्ने निर्णय गरिसकेको छ । लकडाउन खुल्ला गरेको एक साता नबित्दै बीरगन्ज, राजविराज र बिराटनगरमा स्थानीय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विज्ञहरुले भयावह रुप लिन सक्ने चेतावनी दिइसकेका छन् । बीरगन्जमा हिजो कोरोना अस्पतालमा उपचाररत भारतीय व्यापारीको मृत्यु भएको छ । यसअघि बाराकी १७ बर्षिय किशोरीको समेत कोरोनाबाट मृत्यु भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS