मेगा बैंकले ल्यायो मेगा स्मार्ट कृषि योजना

Citizen Life Insurance Co

काठमाडौं । मेगा बैंकले किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ योजना ल्याएको हो । किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्न यो सेवा ल्याएको बैंकले जनाएको छ । बैंकका अनुसार मेगा किसान कार्डमार्फत किसानहरुले मल, बिउ विजनलगायत सामानहरु तोकिएका सेवा केन्द्रबाट खरिद गर्न सक्नेछन् ।

उक्त कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने बैंकको विश्वास छ । व्यावसायिक कृषि तथा पशु पालन र महिला उद्यमीलाई प्राथमिकता दिएर कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै कृषि उत्पादन बढाउने उदेश्यले बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनबीच सम्झौता भइसकेको मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार