अब गरिमा विकास बैंकको खाता अनलाईनबाटै खोल्न सकिने

Citizen Life Insurance Co

काठमाडौं । गरिमा विकास बैंकले अनलाईनबाट खाता खोल्न सक्ने नयाँ योजना ल्याएको छ । अब ग्राहकले अनलाईनबाटै खाता खोली आफ्नै खातामा जम्मा हुनेगरी रकम पठाउन सक्ने बैंकले जनाएको छ ।

अनलाईनबाट खाता खोल्न बैंकको वेबसाईटमा गएर अनलाईन अकाउन्ट ओपोनिङमा क्लिक गर्नुपर्ने हुन्छ । यसपछि आफूले खोल्न चाहेको खाताको प्रकार छनौट गर्ने र अनुरोध बमोजिम आफ्नो विवरण भरी कागजात अपलोड गर्नुपर्ने हुन्छ । त्यसपछी आफ्नो ईमेलमा आउने जानकारीका आधारमा सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार