सनराईज बैंकका सिईओ पौडेलद्वारा राजिनामा

Citizen Life Insurance Co

काठमाडौं । असारदेखि यता श्रृंखलाबद्ध रुपमा बैंकका सिईओहरुले राजिनामा दिने क्रममा आज सनराईज बैंकका सिईओले पदबाट राजिनामा दिएका छन् ।

सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जनराज शर्मा पौडेलले राजीनामा दिएका हुन् । गत वर्षको असारमा सो बैंकमा नियुक्त भएका पौडेलले एक वर्षमै बैंकबाट राजिनामा दिएका हुन् । सिईओमा नियुक्त हुँदा देखि नै सञ्चालकसँग टसल पर्दै आएका सिईओ पौडेलले सञ्चालकहरुको दवावकै कारण राजिनामा दिएको बताइएको छ ।

सञ्चालक समितिमा विवादका कारण सिइओहरुले बैंक छोड्ने क्रम जारी छ । यसअघि महालक्ष्मी विकास बैंकका सिईओ कृष्ण प्रसाद लामिछाने तथा ग्लोबल आईएमई बैंकका सिईओ परशुराम कुँवर क्षेत्रीले राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार