यो साता नेप्सेमा १२ कम्पनीको शेयर सुचीकृत, कसको कति ?

Citizen Life Insurance Co

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक करोड ५८ लाख १४ हजार ५६८ कित्ता शेयर सूचीकृत भएको छ । यो साता नेप्सेमा १२ वटा कम्पनीको शेयर सुचिकृत भएको हो ।

नेप्सेमा ९ वटा कम्पनीको बोनस शेयर, एक कम्पनीको आइपीओ र २ वटा कम्पनीको मर्जर हुँदा कायम हुन आएको शेयर सूचीकृत भएको जनाएको छ ।

नेप्सेमा सात वटा लघुवित्त वित्तीय संस्थाको बोनश शेयर, एक हाइड्रो पावर कम्पनीको बोनश शेयर, एक विकास बैंकको पनि बोनश शेयर, नविल डिबेन्चर तथा एक लघुवित्त र एक विकास बैंकको मर्जर हुँदा कायम हुन आएको शेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार