IME Life

हेरौ ! यो साता शेयर बजारमा कमाउने र गुमाउने बीमा कम्पनीहरु

SPIL
NIC ASIA

काठमाडौं । यो साता पुरै ५ दिन शेयर कारोवार भएको छ । यो साता २३ बीमा कम्पनीहरुको शेयर कारोवार भएको छ। २३ बीमा कम्पनी मध्ये जीवन तर्फ एलआईसी नेपालको बजार मूल्य सर्वाधिक वृद्धि भएको छ भने निर्जीवन बीमा तर्फ शिखर इन्स्योरेन्सको बजार मूल्य सर्वाधिक वृद्धि भएको छ । त्यस्तै नेपाल पुनर्बीमाको शेयर मूल्य पनि वृद्धि भएको छ ।

जीवन बीमा कम्पनीहरु:
जीवन बीमा तर्फ एलआईसी नेपालले दोश्रो बजारमा राम्रो प्रदशन गरेको छ। एलआईसी नेपालको बजार मूल्य ६ दशमवल ५९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो साता प्रति कित्ता १३६५मा बजार मूल्य बन्द भएको कम्पनीको यो साता बजार मूल्य १४५५ रुपैयाँ प्रति कित्तामा बन्द भएको छ। त्यस्तै नेपाल  लाईफ इन्स्योरेन्सको बजार मूल्य ५ दशमवल ३४ प्रतिशतले वृद्धि भएको छ। यो साता कुनै पनि जीवन बीमा कम्पनीको बजार मूल्य घटेको छैन । गुराँस लाईफ इन्स्योरेन्सको बजार मूल्य भने यथावत रहेको छ।

Prabhu
Crest

निर्जीवन बीमा कम्पनीहरु:
निर्जीवन बीमा  तर्फ शिखर इन्स्योरेन्सको  बजार मूल्य सर्वाधिक १७ दशमवल ४८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो साता प्रति कित्ता १०३०मा बजार मूल्य बन्द भएको कम्पनीको यो साता बजार मूल्य १२१० रुपैयाँ प्रति कित्तामा बन्द भएको छ । त्यस्तै दोश्रोमा नेको इन्स्योरेन्सको बजार मूल्य ८ दशमवल १३ प्रतिशतले वृद्धि भएको छ । यो साता ३ निर्जीवन बीमाको मात्र बजार मूल्य घटेको छ।  एभरेस्ट इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको बजार मूल्य घट्न पुगेको छ ।

 

पुनर्बीमा कम्पनी:
त्यस्तै यो साता नेपाल पुनर्बीमाको बजार मूल्य पनि प्रति कित्ता २४ रुपैयाँले वृद्धि हुँदै ४ दशमवल ६१ प्रतिशतले वृद्धि भएको छ। नेपाल पुनर्बीमाको बजार मूल्य ५४५ प्रति कित्ता यो साता बजार बन्द भएको छ।

Note: Closing Price of Last Week i.e 7/16/2020

Closing Price of This week : 7/23/2020

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS