थप १४७ जनामा देखियो कोरोना, एक जनाको मृत्यु

Citizen Life Insurance Co

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितहरुको कुल सङख्या १८ हजार २४१ पुगेको छ । आज कोरोना संक्रमणको कारण विंरगजका एकजना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार