SKIP THIS

IK Anniversary
IME Life

स्वरोजगार लघुवित्तको विशेष साधारण सभा साउन १० गते

SPIL
NIC ASIA

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साउन १० गते शनिबार विशेष साधारण सभा बोलाएको छ । सभामा जनकपुर लघुवित्तलाई प्राप्ती गर्ने मुख्य एजेन्डा रहेको छ । दुवै कम्पनी एक भएपछि जनकपुरका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर स्वरोजगारको ७० कित्ता सेयर पाउनेछन् । कम्पनीको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सभा सी डब्लु रेस्र्टो एन्ड क्याफे, कमलादी काठमाडौमा बिहान ११ बजे सुरु हुने संस्थाले जनाएको छ ।

Prabhu
Crest

दुवै कम्पनीले यसअघि नै एक्वायर गर्ने अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । अब दुवैले आ—आफ्नो विशेष वा वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै कम्पनीले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । दुवै संस्था एक भएपछि स्वरोजगार लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनका लािग स्वारोजगारले साउन ४ गते बुक क्लोज गर्दैछ । हाल स्वारोजगारको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ । जनकपुर लघुवित्तको जनकपुर उपमहानगरपालिकामा रजिष्टर्ड कार्यालय रहेको रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS