IME Life

४० वटै बीमा कम्पनीहरुमा बीमा समितिको अनुगमन, ३० वटामा सम्पन्न, १० वटामा आज हुँदै

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले देशका ४० वटै बीमा कम्पनीहरुमा अनुगमन सुरु गरेको छ । हिजोदेखि सुरु भएको अनुगमन आज साँझसम्म सकिने बीमा समितिले जनाएको छ । बीमा समितिको अनुगमन शाखाका १५ जना र अन्य शाखाबाट थप १५ जना कर्मचारीसहित कूल ३० जनाको टोली बीमा कम्पनीहरु अनुगमनमा खटिएका छन् ।

समितिका अनुसार हिजो साँझसम्म ३० वटा बीमा कम्पनीहरुको अनुगमन सकिएको छ । हिजो १९ वटै जीवन बीमा कम्पनीहरु मध्ये अधिकांशको सकिएको छ भने निर्जिवन बीमा कम्पनीहरुको अनुगमन बाँकी छ ।

Prabhu
Crest

बीमा समितिको अनुगमन तथा सुपरिवेक्षण विभागले समयमा क्लोजिङ सम्पन्न गरे नगरेको लगायतका विषयहरुमा अनुगमन गरेको बीमा समितिका उप निर्देशक निर्मल अधिकारीले बताए । आर्थिक वर्र्ष क्लोजिङ सकिएकोले सो अनुसार हिसाब किताब क्लोजिङ गरे नगरेको विषयलाई केन्द्रमा राखेर अनुगमन गरिएको जनाइएको छ । बीमा समितिका टोली हिजो राति ८ बजेसम्म बीमा कम्पनीमा बसेर आवश्यक कागजात हेरेको एक बीमा कम्पनीका अधिकारीले बताए ।

३० जनाको टोलीले हिजो दुई वटा कम्पनीका दरले अनुगमन गरेको छ । पुनर्बीमा कम्पनीसहित बाँकी १० वटा कम्पनीको अनुगमन आज हुनेछ । अनुगमन सकिएपछि टोलीले समिति समक्ष प्रतिवेदन बुझाउने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS