IME Life

मेगा बैंक ११औं वर्षमा प्रवेश

SPIL
NIC ASIA

काठमाडौंम । मेगा बैंक नेपालले १० वर्ष पूरा गरी ११औं वर्षमा प्रवेश गरेको छ । स्थापनाकालको १० औं वर्षमा आइपुुग्दा मेगा बैंकले चुक्ता पूँजीका हिसाबले छैटौं स्थानमा उक्लिएको छ । यस अवधिमा बैंक व्यवसायका आधारमा १२ औं स्थानमा छ ।

बैंकले बितेको १० वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत् वृद्धि गरेको छ । २०७७ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ३२ अर्ब र कुल कर्जा करिब १ खर्ब १४ अर्ब छ ।

Prabhu
Crest

बैंकका अध्यक्ष भोजबहादुर शाहले स्थापनाको १० वर्षमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको बताए । ग्राहकहरु, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले सफलता हासिल गरेको बताए ।

पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गर्दै गत महिनामात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु पनि मेगा बैंकको महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष शाहले बताए । मर्जर र प्राप्तिका लागि ढोका खुला नै रहेको जानकारी दिँदै उनले मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा जारी रहेको बताए ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले १० वर्षको वित्तीय सूचकांकलाई केलाएर हेर्दा एक दशकको छोटो समयमै विभिन्न रणनीतिक निर्णय र व्यवसायिक योजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताइन् । बैंक स्थापनाको १० औं वर्षलाई विशेष वर्षका रुपमा मनाउन लागिएको सीईओ खुञ्जेलीले जानकारी दिइन् ।

१० औं वर्षको अवधिमा आइपुग्दा बैंकले आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यूनतम राखी आधारदरलाई ८ दशमलव ३२ प्रतिशतमा कायम राख्न सफल भएको छ । जसले गर्दा कोभिड–१९ को महामारी र बन्दाबन्दीको मारमा परेका कर्जा ग्राहकवर्ग र नयाँ व्यवसाय बिस्तार गर्ने तयारीमा रहेका ग्राहकहरुलाई मेगा बैंकले सस्तो ब्याजदरमै बिभिन्न किसिमका कर्जा उपलब्ध गराउने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS