SKIP THIS

IK Anniversary
IME Life

मुक्तिनाथ विकास बैंकले ल्यायो मुक्तिनाथ ग्राहक विशेष लाभ कर्जा योजना, यस्ता छन् विषेशता

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको विभिन्न कर्जा योजनाहरुमा सीमित अवधिका लागि आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्ने भएको छ।

जसअन्तर्गत न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइने, एक वर्षसम्मको अवधिको कर्जामा स्वीकृत ब्याजदर परिवर्तन नगरिने, निवेदनको ४८ कार्य घण्टा भित्र कर्जा स्वीकृति गरिने बैंकले जनाएको छ।

Prabhu
Crest

त्यस्तै, अधिकतम १ प्रतिशत मात्र कर्जा सेवा शुल्क लिने, विना सुरक्षण शुल्कमा लकर सुविधाका साथै नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने समेत जनाएको छ। यसको अलवा बैंकको नियमानुसार शर्तहरु लागू हुने जनाइएको छ ।

बैंकबाट कर्जा लिनु भएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज साउन मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने भएको छ ।

बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS