IME Life

कोरोना बीमा : करिब ३३ करोड बीमाशुल्क आर्जन, ४६ वटा दावी

SPIL
NIC ASIA

काठमाडौं । विश्वव्यापी महामारीमा रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध सुरु गरिएको कोरोना बीमा मार्फत निर्जिवन बीमा कम्पनीहरुले ३२ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् भने ४६* वटा बीमा दावी परेको छ । जसमध्ये ४५ वटा १ लाख रुपैयाँ र एउटा ५० हजाार रुपैयाँको बीमा दाबी परेको छ ।

बीमा पुल मार्फत गरिएको कोरोना बीमामा हालसम्म ४६ वटा दावी भुक्तानी परेको नेपाल बींमक संघका सचिव तथा सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्रीले बताए । बीमा पुलबाट प्राप्त तथ्याङ्क अनुसार साउन ६ गतेसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ५७ हजार ५ सय ५ वटा बीमा पोलिसी जारी गरेर ३२ करोड ७६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Prabhu
Crest

अधिकांश बैंक, कर्पोरेट कम्पनी र अस्पतालहरुले आफनो कर्मचारीको सामूहिक रुपमा बीमा गराएका छन् । जसअनुसार ५ लाख ८३ हजार ६ सय ४ जना व्यक्तिले हालसम्म कोरोना बीमा गराएका छन् ।
हालसम्म सबैभन्दा धेरै कोरोना बीमा गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले साउन ६ गतेसम्ममा ६ करोड १४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ । कम्पनीले मंगलबारसम्ममा दुई करोड ८६ लाख रुपैयाँ बीमाशुक संकलन गर्न सफल भएको छ ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्सले दुई करोड ४८ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सले एक करोड ९५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

*सच्याइएको ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS