सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुँदैछ कारोबार ?

Citizen Life Insurance Co

काठमाडौं । आज सुन चाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमानि रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार मात्रै सुनको भाउमा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउमा ९५ रुपैयाँले वृद्धि भएको हो।

महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ५६० रुपैयाँ र चाँदीको भाउ १ हजार १३५ रुपैयाँ पुगेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९२ हजार २६० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार