IME Life

सरकारद्वारा चैत्र ११ गतेदेखि जारी लकडाउन औपचारिक रुपमा अन्त्यको घोषणा, बैंक, बीमा कम्पनीहरु एक सिफ्टमा सञ्चालन हुने

SPIL
NIC ASIA

काठमाडौं । विश्वभर आतंक मच्चाएको कोभिड–१९ का विरुद्धमा नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि जारी लकडाउन पूर्ण रुपमा हटाउने औपचारिक निर्णय गरेको छ । सरकारले १२० दिनपछि लकडाउन हटाउने निर्णय गरेको हो ।

सोमबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को वैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै सूचना सञ्चार तथा अर्थमन्त्री डा. युवराज खतिवडाले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरिएको औपचारिक रुपमा घोषणा गरेका छन् ।

Prabhu
Crest

कोरोना संक्रमितको संख्यामा निरन्तर तल झरेपछि सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेको हो । सरकारले भोलि साउन ७ गतेदेखि सबै सरकारी कार्यालय दैनिक एक सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ । भोलिबाट लकडाउन पूर्ण रुपमा हटेसँगै बैंक तथा बीमा कम्पनीहरु अब एकै सिफ्टमा सञ्चालन हुनेछन् । सरकारले गत असारमा सार्वजनिक सेवा दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

छिमेकी मुलुक भारतमा भन्दा एक दिन पहिले लकडाउन घोषणा गरेको सरकारले लकडाउन अन्त्यको घोषणा पनि भारतभन्दा अगाडि नै गर्र्न सफल भएको छ । भारतमा दैनिक ३७ हजारभन्दा बढिमा कोरोना संक्रमण देखिने अवस्थामा पुग्दा नेपालमा भने लगातार घटेपछि सरकारले लकडाउन पूर्ण रुपमा हटाएको हो ।

यद्यपि सरकारले जारी लकडाउनलाई जेठ २६ देखि आंशिक रुपमा घटाउँदै पसल सञ्चाल गर्न दिने निर्णय गरेको थियो । गत असारदेखि निजी सवारी जोर विजोर प्रणालीमा सञ्चालन गर्दै आएकोमा भोलिबाट पूर्ण रुपमा लकडाउन हटाइएको छ । भोलिबाट जिल्ला भित्रका सार्वजनिक यातायात र निजि सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन हुनेछन् ।

त्यस्तै, तोकिएको क्षेत्र, विद्यालय, रेष्टुरेन्ट लामो दुरीका सवारी साधन तथा अन्तर्राष्ट्रिय हवाई सेवा भने तत्काल खुल्ने छैन । त्यस्तै विद्यालय, फिल्म हल कहिले खुल्छ भन्ने अझै एकिन भइसकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS