IME Life

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघले मनायो विविध कार्यक्रम गरी ३१औं वार्षिकोत्सव

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सव कोभिड–१९ को कारण सामाजिक दुरी कायम गरी यस वर्ष सरल रुपमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संघका अध्यक्ष हेमराज सुवेदी, बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद सुवेदी, संघका पूर्वअध्यक्ष वेतबहादुर लावतीले संयुक्त रुपमा संघको झण्डोत्तलन गरेका छन् ।

संघको वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा परिसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षारोपण गरेका छन्। बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित सम्पूर्ण कर्मचारीलाई मास्क वितरण गरिएको थियो ।

Prabhu
Crest

दरबारमार्ग परिसर कार्यालयमा संघका अध्यक्ष हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दिनेश न्यौपानेले पनि संयुक्त रुपमा वृक्षरोपण गरेका छन् । वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालयहरुको परिसरमा समेत वृक्षरोपण गरिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल पेसागत हक, हित र संस्थाको सम्वद्र्धन गर्ने उद्देश्यले २०४७ साउन ६ गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो र जेठो प्रतिष्ठानस्तरको ट्रेड युनियन हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS