आज थप १ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज

Citizen Life Insurance Co

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार ८ सय ६८ जना पुगेको छ ।

हाल मुलुकभर २२ हजार २ सय २८ जना व्यक्ति क्‍वारेन्टाइनमा तथा ५ हजार ९३६ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा ४ हजार २ सय १६ जनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा १८६ जना संक्रमित थपिएका छन् । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार