बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई कारवाही गर्न महालेखाको पत्र

Citizen Life Insurance Co

काठमाडौं । समयमा लेखा परिक्षण नगरेका कारण दुई सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमाथि कारवाही गर्न महालेखाले  अर्थमन्त्रालयमा पत्राचार गरेको खुलेको छ ।

महालेखाको ५७ औं बार्षिक प्रतिवेदनमा राष्ट्रिय बीमा संस्थानले आव २०६९।०७० देखि लेखा परिक्षण नराएको भन्दै सो कम्पनीका जिम्मेवार पदाधिकारीहरुलाई कारवाही गर्न अर्थमन्त्रालयलाई पत्राचार गरिएको हो । त्यस्तै राष्ट्रिय बीमा कम्पनीले २०७३।०७४ देखि यताको लेखा परिक्षण नगरेको भन्दै सो कम्पनीका जिम्मेवारी पदाधिकारीहरुलाई कारवाही गर्न अर्थमन्त्रालयका सचिवलाई पत्र लेखिएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।

महालेखा कार्यालयको बार्षिक प्रतिवेदनमा दुई सरकारी निकायले समयमा लेखा परिक्षण नगरेको सम्बन्धमा बीमा समितिले समेत जिम्मेवार रहेको भन्दै नियमित लेखा परिक्षणको व्यवस्था गराउन बीमा समितिलाई समेत भनेको छ । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको अधिकांश शेयर नेपाल सरकार तथा सरकार नियन्त्रित संगठित संस्थानको नाममा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार