IME Life

राजधानीसहित देशैभरिका शहरहरु जलमग्न

SPIL
NIC ASIA

काठमाडौं । अविरल वर्षासँगै राजधानी काठमाडौंसहित देशैभरि जल सतह बढेको छ । जल सतह बढेसँगै तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरु जोखिममा परेका छन् । राजधानी काठमाडौंसहित देशैभरिका शहरहरुमा जल सतह बढ्न थालेसँगै उद्योग व्यवसायमा समेत जोखिम बढेको छ ।

राजधानी काठमाडौको कपन, मनोहरा, बालकुमारी, बल्खु, सानेपा लगायतका क्षेत्रका कैयौं घरहरुमा वर्षातको पानी पसेको छ । पानी पसेसँगै गोदाममा राखिएका मालबस्तुहरुमा क्षति पुगेको अनुमान गरिएको छ । ललितपुरको गोदावरी खोलामा निकै ठूलो बाढी आएको छ । बाढीका कारण इमाडोल, लुभुको तल्लो तटीय क्षेत्रमा बाढीले असर गरेको छ । त्यस्तै नख्खु खोलामा पनि बाढी भएको छ ।

Prabhu
Crest

त्यस्तै सर्लाही, रौतहटमा समेत बाढीले असर गरेको छ । बाढी बस्तीमा पसेको स्थानीयबासीले जनाएका छन् । बाढीका कारण जनकपुर, पर्सा र बारामा समेत असर गरेको स्थानीयको भनाई छ ।

जल तथा मौषम विज्ञान विभागका अनुसार आगामी तीन दिन अझै लगातार बर्षात हुने जनाएको छ । हिजोदेखि परेको पानी आज पनि दिनभरि नै देशैभरि परिरहेको विभागको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS