साउन २५ गतेदेखि सिभिल लघुवित्तले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Citizen Life Insurance Co

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले साउन २५ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा ११ करोड ४१ लाख १४ हजार बराबरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धमा सेञ्चुरी क्यापिटल रहेको छ । लगानीकर्ताले भदौ १४ गतेसम्म हकप्रद भर्न सक्ने छन्। कम्पनीले हकप्रद निष्काशनको लागि असार १५ गते बुक क्लोज गरेको छ । असार १४ सम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने छन् ।

लघुवित्तले जारी गर्न लागेको हकप्रद शेयर निष्कासनलाई केयर रेटिङ्ग नेपाल औषत भन्दा तल आधार जनाउने ग्रेडिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार