IME Life

दुई वाणिज्य बैंकले प्रकाशन गरे नयाँ ब्याजदर

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले नयाँ ब्याजदर प्रकाशन गरेका छन् । बैंकले साउन ५ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । लक्ष्मी बैंकले निक्षेप र कर्जा दुवैको ब्याजदर सार्वजनिक गरेको छ भने सनराइजले निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ ।

लक्ष्मी बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचत खातामा अधिकतम ७ दशमलव २५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले १२ प्रकारका बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, मुद्यति निक्षेपमा भने ७ दशमलव २५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने बैंकले जनाएको छ। बैंकले सामान्य बचत खातामा ४ प्रतिशत, कल डिपोजिटमा २ प्रतिशत माथि र डलर खातामा ३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ।

बैंकले कर्जामा प्रदान गर्ने ब्याजदरहरुमा आधार ब्याजदरमा २ देखि अधिकतम ५ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गरिने जनाएको छ। असार मसान्तसम्म बैंकको आधारदर ९ दशमलव २३ प्रतिशत छ । जस अनुसार बैंकले १४ देखि १७ प्रतिशतसम्मको ब्याजदरमा कर्जा दिनेछ ।

त्यसैगरी सनराइज बैंकले पनि साउन ५ गतदेखि लागू हुनेगरि नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बचत खातामा २ प्रतिशतदेखि ७ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने भएको छ । बैकले १० प्रकारका बचतमा २।५० प्रतिशत र ५ प्रकारका बचत खातमा ४ प्रतिशत ब्याज दिने जनाएको छ ।

मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७ दशमलव ५० प्रतिशत र संस्थागतमा ६।५० प्रतिशत तथा नवीकरण गर्ने केहि बढी ब्याज दिने भएको छ। यस्तै डलर खतामा १ देखि २ प्रतिशतसम्म ब्याज दिने बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS