IME Life

तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकका सञ्चालक पक्राउ, ३ वर्ष कैद र एक करोड जरिवना असुल गरिने

SPIL
NIC ASIA

काठमाडौं । केही करोडको शेयर लगानी गर्ने र अर्बौ रुपैयाँ सर्वसाधारणको निक्षेप रहेको बैंकमा हालीमुहाली गर्ने गलत प्रवृत्ति केही पहिले निकै मौलाएको थियो । किष्ट, सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतका वित्तीय संस्थाका सञ्चालक तथा सिईओहरु समेत बैंकिङ कसुर मुद्दामा परे ।

यसैक्रममा तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवालमाथि पनि बैंकिङ कसुरको मुद्दा लग्यो । उच्च अदालत पाटनले ३ वर्ष कैद र एक करोड रुपैयाँ जरिवना तोक्यो । पहुँचका भरमा सिलवाल लुक्दै र घुम्दै आए । हिजो आइतबार आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टिमले नयाँ बानेश्वर क्षेत्रमा बसेर व्यापारिक सेटिङ गरिरहेको अवस्थामा तत्कालिन सञ्चालक सिलवाल पक्राउ परे । सिआईबीका डिआइजी शहकुल थापाका अनुसार उनी भेष बदलेर लुकीछिपी हिडडुल गर्दै आएका उनलाई प्रहरीले पक्राउ गरेको हो । थापाले सिलवाललाई काठमाडौं जिल्ला अदालतमार्फत कारागार पठाएको छ । उनीबाट तीन वर्ष कैद र एक करोड जरिवना असुल गरिनेछ । जरिवना तिर्न नसके थप कैद बसेर कट्टा हुने बताए ।

Prabhu
Crest

प्रहरीले घटनाको सात वर्षपछि पक्राउ गरेको हो । तत्कालिन सञ्चालक सिलवाललाई २०७० सालमा परेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई उच्च अदालत पाटनले ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो । सिद्धार्थ डेभलपमेन्ट बैंक हाल ग्लोबल आईएमई बैंकको रुपमा वित्तीय कारोबार गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS