IME Life

दृष्टि विहिनले कामना सेवा विकास बैंकमा सजिलै खाता खोल्न सक्ने, पहिलो पटक ब्रेल लिपीमा बैंकिङ सामग्री तयार

SPIL
NIC ASIA

काठमाडौं । दृष्टि विहिन, अपाङ्गता भएका व्यक्तिहरुका लागि बैंकिङ कारोबार निकै कठिन छ । झन्झटिलो बैंकिङ प्रक्रियाका कारण अपाङ्गता भएका व्यक्ति, दृष्टि विहिनहरुको पहुँचमा बैंक पुग्न नसकिरहेको सन्दर्भमा नेपालमै पहिलो पटक कामना सेवा विकास बैंकले ब्रेल लिपीमा पढ्न मिल्ने बैंकिङ कागजात तयार पारेको छ ।

विकास बैंकको रुपमा आक्रामक बैंकिङ कारोबार गर्दै आएको कामना सेवा विकास बैंकले ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । यसै सन्दर्भमा दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता ‘स्वाभिमान बचत खाता’ संचालनमा ल्याएको हो । दृष्टिविहिनले कामना सेवा विकास बैंकका खाता खोल्दा उनीहरु आफैले पढ्न सक्ने ब्रेल लिपीमा तयार पारिएको सामग्रीको सहयोगमा विवरणहरु भरेर खाता खोल्न सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले दृष्टि विहिनहरुका लागि शून्य मौज्दातमा खाता खोल्न सकिने व्यवस्था गरेको छ । बैंकले दृष्टि विहिन आफैले ज्ञानेश्वरस्थित मुख्य शाखा कार्यालयबाट अडियोको सहायता लिएर एटिएम सुविधा लिन सक्ने व्यवस्था समेत गरिएको जनाएको छ ।

आइतबार एक कार्यक्रमका बीच बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले दृष्टिविहिनका लागि तयार पारितएको नयाँ बचत योजनाका शुभारम्भ गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकले हरेक जनताको पहुँच पुर्याउने गरी बैंक सञ्चालन गर्ने उद्देश्यले नयाँ शैलीको खाता सञ्चालनमा ल्याएको बताए । खाता शुभारम्भ कार्यक्रममा नेपाल नेत्रहिन संघकी प्रोग्राम अफिसर शोभा न्यौपानेले दृष्टिविहीनहरुका लागि कामना सेवका विकास बैंकको खाता सजिलो भएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS