IME Life

मौद्रिक नीतिप्रति बीमाकर्मीहरु सन्तुष्ट, अर्थतन्त्र चलायमान हुँदा व्यापार बढ्ने आशा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिप्रति बीमाकर्मीहरुले खुशी व्यक्त गरेका छन् । यद्यपि मौद्रिक नीति बीमा कम्पनीहरुको कार्यक्षेत्र पर्दैन । मुलुकको आर्थिक अवस्थाको सुधारका लागि मौद्रिक नीतिले सिंगो बीमा क्षेत्रका लागि लाभप्रद रहेको भन्दै खुशी व्यक्त गरेका हुन् ।

जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले मौद्रिक नीति समग्रमा राम्रो रहेको बताए । उनले भने, ‘बैंकास्योरेन्सको हल्ला थियो, आएन । सरकारले अध्ययन गरेकै हुनुपर्दछ । समग्रमा अन्य कुराहरु समेत मौद्रिक नीतिले समेटेको छ ।’ अध्यक्ष पाण्डेले मौद्रिक नीतिमा शेयर लगानीकर्ता, घरजग्गा खरिदकर्ता, संस्थागत बचतकर्ता, ऋणी सबैलाई फाइदा पुगेको बताए । साथै उनले मौद्रिक नीति अर्थतन्त्रलाई जोगाउने खालका आएको प्रतिक्रिया दिँदै कार्यान्वयन पक्ष बलियो हुनुपर्नेमा जोड दिए ।

Prabhu
Crest

महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ रमेश कुमार भट्टराईले मौद्रिक नीति समग्रमा सकारात्मक आशा जगाउने खालको भएको बताए । उनले बैंकहरुलाई नगद लाभांश नदिने, ५ प्रतिशत ब्याजमा पुनकर्जा दिनुपर्ने, बैंक ऋणको किस्ता र ब्याज तिर्ने समय एक वर्ष बढाएर राहत र ऋणीलाई ३ बर्गमा बर्गीकरण गरेर राहत दिने निर्णय सकारात्मक भएको बताए । त्यस्तै, कृषि र पर्यटनमा बैंकहरुले कूल लगानी १५ प्रतिशत लगानी पुर्याउनुपर्ने पक्ष राम्रो रहेको, बैंकहरुलाई सिसिडी रेसियो थप ५ प्रतिशत दिएर ८५ पुर्याएर सजिलो बनाएको भएपनि अटो क्षेत्रमा केही गुनासो आएको बताए । निर्देशन छिटो र सरल बनाएर पठाउनुपर्ने सिईओ भट्टराईले बताए । उनले कार्यान्वयन प्रभावकारी भएमा नेपालको अर्थतन्त्रले नयाँ गति लिन सक्ने प्रतिक्रिया दिए ।

त्यस्तै पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले नेपाल राष्ट्र बैंकले मध्यम बर्ग र मजदुर बर्गको लागि बैकल्पिक पेशामा लाग्न मिल्ने गरी राहत प्याकेज ल्याउनु सकारात्मक भएको बताए । साथै उनले बैंकास्योरेन्स खारेजीलाई निरन्तरता दिइनु निम्न बर्गीय मजदुर पाँच लाख अभिकर्ताको पक्षमा निर्णय गरिएको भन्दै राष्ट्र बैंकको प्रसंशा समेत गरे ।

यस वर्षको मौद्रिक नीतिले सबै पक्षलाई समेटेको कारण अर्थतन्त्र चलायमान भई बीमाको व्यवसाय समेतमा बृद्धि हुने आशा गरिएको अधिकांश बीमाकर्मीहरुको भनाई छ । मौद्रिक नीतिले कृषक, साना उद्यमी, लघु उद्यम लगायतका निम्न बर्गीय र मध्यम बर्गीय जनताको लागि हरेक प्रकारले सहजीकरण गर्न खोजेको देखिन्छ । मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन भएमा मुलुकको आर्थिक गतिविधि कोरोना महामारीकै बीचमा पनि फड्को मार्ने विश्वास गर्न सकिन्छ । कतिपय विश्लेषकहरुले कोरोना महामारीकै बीचमा पनि बीमा व्यवसायले फड्को मार्ने दावी गरिरहेको बेला सरकारले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिमा मध्यम बर्गीय र निम्न बर्गीय जनतालाई लक्षित गरेपछि थप सम्भावनाहरु बढेको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS