IME Life

बाराको पोषक दाना उद्योगमा विस्फोट, करोडौंको क्षति दावी

SPIL
NIC ASIA

काठमाडौं । बारामा रहेको पोषक दाना उद्योगमा मकै भण्डारण गरिएको स्थानमा विस्फोट हुँदा सो उद्योगमा कार्यरत छ जना मजदुर घाइते भएका छन् । सो उद्योगमा भण्डारण गर्ने क्रममा मकै राख्ने भकारी गत मंगलबार साँझ स्वतः विस्फोट भएको जनाइएको छ ।

बारा र बीरगन्जस्थित औद्योगिक करिडोरमा रहेको पोषाक दाना नामक कुखुराको दाना उत्पादन गर्ने ओम चाओ विरो ईण्डष्ट्रिजमा रहेका सात हजार टन क्षमताको मकै राख्ने भकारी विस्फोट भएको हो । लगातारको वर्षाको कारण मकै कुहिएर ग्याँस उत्पन्न भई विस्फोट भएको अनुमान गरिएको छ । सो कम्पनीमा कार्यरत मजदुरहरुका अनुसार एउटा भकारीमा विस्फोट भएको छ भने सो क्रममा अर्को भकारीमा पनि केही क्षति पुगेको छ ।

Prabhu
Crest

कम्पनीले भने दुई वटा भकारी विस्फोट भई करिब १२ करोड रुपैयाँ क्षति पुगेको भन्दै प्रहरी समक्ष दावी गरेको छ । यद्यपि सो सम्बन्धमा विस्तृत प्रतिवेदन तयार काम भइरहेको पर्सा प्रहरीले जनाएको छ । सो क्षतिको बीमा दावी पर्ने भएको छ । कम्पनीले भण्डारण गरिएको मकैंको समेत बीमा गरेको र सो को बीमा दावी पर्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS