IME Life

मौद्रिक नीतिमा आएन बैंकास्योरेन्स, लबिङ गर्ने बैंकर जिल्लिए, अभिकर्ता खुशी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकास्योरेन्स शब्द नपरेपछि लामो समयदेखि लविङ गर्दै आएका बैंकरहरु भने जिल्लिएका छन् । बाणिज्य बैंक, विकास बैंकको छाता संगठनहरुले बैंकास्योरेन्स खुल्ला गर्न चर्को लविङ गर्दै आएका थिए । दुवै संघले राष्ट्र बैंकलाई बुझाएको सुझावमा बैंकास्योरेन्स खुल्ला गर्नुपर्ने पहिलो सुझावमा समेटेका थिए । साथै डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीमार्फत बैंकास्योरेन्स खुल्ला गर्न चर्को दवाव दिएका थिए ।

बैंकरसँगै केही बीमा कम्पनीका अधिकारीहरुले समेत बैंकास्योरेन्स खुल्ला पक्षमा लविङ गरेको भएपनि राष्ट्र बैंकले अस्वीकार गरिदिएको छ ।

Prabhu
Crest

आज जारी केन्द्रीय बैंकले जारी गरेको मौद्रिक नीतिमा बैंकास्योरेन्स सम्बन्धी कुनै व्यवस्था नगरेपछि गत वर्ष साउन २२ गते जारी गरेको निर्देशन अनुसार नै बैंकास्योरेन्स खारेज कायम रहन पुगेको छ । गत वर्षको मौद्रिक नीतिमार्फत खारेज गरिएको बैंकास्योरेन्सलाई राष्ट्र बैंकले यस वर्ष पनि निरन्तरता दिएपछि अभिकर्ताहरु भने खुशी देखिएका छन् । पेशागत अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले अभिकर्ताहरुको निरन्तरको खवरदारी र राष्ट्र बैंकका अधिकारीहरुको जिम्मेवारीपूर्ण व्यवहारको कारण बैंकास्योरेन्स खारेजलाई यस वर्ष निरन्तरता दिइएकोमा खुशी व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS