IME Life

आशा लघुवित्तद्धारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षमा देश भरको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत प्रति शाखा १ जनाको दरले ग्राहक सदस्यहरुको छोरा वा छोरीहरुले १० जोड २ को परीक्षामा शाखा कार्यालय अन्तर्गत उत्कृष्ट अङ्क ल्याई उतिर्ण हुनेलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । सोही अनुरुप वित्तीय संस्थाले यस वर्ष पनि शाखा कार्यालयहरुमा प्राप्त निवेदनको आधारमा दाबि परेकाहरु मध्येबाट उत्कृष्ट अंक ल्याई उतिर्ण भएका आफ्नो ग्राहक सदस्यहरुको छोरा छोरीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

संस्थाले ग्राहक संरक्षण कोष मार्फत क्रमशः शाखा कार्यालयहरु सिसहनिया दाङ, बेलौरी कञ्चनपुर, देबिघाट नुवाकोट, कोहलपुर बाँके, बज्रबाराही मकवानपुर र सेमरा रुपन्देही मा आवद्ध रहेका ग्राहक सदस्यहरुको छोरा छोरीहरुलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।

Prabhu
Crest

हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुमा ५५ वटा शाखा कार्यालयहरु मार्फत करीब ५६ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराऊदै आएको छ भने संस्थाको हालसम्म करीब रु। २ अर्ब ३८ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ८० करोड भन्दा बढी निक्षेप समेत संकलन गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS