काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६७ जना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि भएको हो । जसमध्ये २ सय १३ जना संक्रमितहरु डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमितहरुको कुल सङख्या १७ हजार ३ सय ४४ पुगेको छ ।