सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Citizen Life Insurance Co

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँलेघटेको छ । बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार घटेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार