IME Life

भोलिबाट अन्तर बैंक एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने

SPIL
NIC ASIA

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लकडाउन अवधिभर विद्युतीय कारोबार तथा एकअर्काको (अन्तर–बैंक) एटीएम बुथबाट दिएको निःशुल्क कारोबारको सुविधा अब बन्द गर्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले एटिएम मार्फत अन्तर–बैंक कारोबार गर्दा गत चैत्र ७ गतेदेखि शुल्क छूट गर्दै आएकोमा अब लकडाउन खुकुलो भएको, आवतजावत सहज हुँदै गएको र बैंकका शाखाहरु खुलेकोले साउन १ गतेदेखि यस्तो सुविधा नदिने जनाएका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले वुधवार संयुक्त सूचना जारी गर्दै लकडाउन अवधिमा दिएको विद्युतीय तथा अन्तरबैंक एटीएम प्रयोग वापतको सुविधा फिर्ता लिएको हो ।

Prabhu
Crest

‘हाल प्रायः जसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुला रहेको तथा बन्दाबन्दीसमेत खुकुलोभई आवत–जावत खुकुलो भइसकेकोले साउन १ गतेदेखि विद्युतीय कारोवार तथा नगद झिक्न अन्तर–बैंक एटीएम प्रयोगमा यसअघि गरेको निःशुल्क व्यवस्थालाई अबदेखि नगर्ने भएको छ,’ संयुक्त रुपमा सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।

तर, यस्तो कारोबार गर्दा शुल्क लिने वा नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आफैले निर्धारण गर्न सक्ने संघको भनाइ छ । ग्राहकहरुलाई यसबारे थप जानकारी चाहिए आफ्नो सम्बन्धित संस्थाको शाखामा सम्पर्क गर्नसमेत संघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS