IME Life

एक दशक नेपाल लाइफमा काम गरेर बिदा भए विवेक झा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ विवेक झाको कार्यकाल भोलिबाट सकिदैछ । झा कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी भोलि साउन १ गतेबाट विदा लिने भएका हुन् । सिईओ झाले संचालक समितिसँग भएको सम्झौता बमोजिमको  दोस्रो कार्यकाल सफलता पूर्वक पुरा गरी साउन १ गतेबाट नेपाल लाइफबाट विदा लिन लागेका हुन् ।

नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाले आफनो कार्यकाल सबै सुचकाङ्क उत्कृष्ट राख्दै जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएका छन् ।

Prabhu
Crest

सिइओ झाले अभिकर्ताहरुको लगनशीलता, बीमितहरुको विश्वास, कर्मचारीहरुको साथ, शेयर धनीहरुको अटुट विश्वास, संचालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेकाले अभिकर्ता, बीमित, कर्मचारी, शेयरधनी, संचालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरे ।

हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पुर्यादै आएकोमा नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर पस्किदै जाने विश्वास समेत व्यक्त गरे । जसका लागि आवश्यकता अनुसार आफनो तर्फबाट सदैव योगदान गर्न तत्पर रहेको सिइओ झाले बताए ।

सिइओ झाले आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गरे । साथै, संचालक समितिका अध्यक्ष गोविन्दलाल संघईले सिइओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवादका साथै कृतज्ञता व्यक्त गरे ।

बीमा समितिको नियम अनुसार कुनै पनि कम्पनीमा दुई कार्यकाल भन्दा बढि एकै व्यक्ति सिईओ हुन नपाउने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS