IME Life

जनउत्थान सामुदायिक लघुवित्तका नवनिर्वाचित अध्यक्षद्वारा शपथ ग्रहण

SPIL
NIC ASIA

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९ औं वार्षिक साधारण सभाबाट नव–निर्वाचित सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माले सपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक राजेन्द्र भट्टराईसँग नेपाल राष्ट्र बैंक सिद्धार्थनगरको कार्यालय भैरहवा, रुपन्देहीमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष बिश्वकर्माले प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको नियमन र निर्देशनको अधीनमा रही वित्तीय प्रणालीको सम्बद्र्धन तथा वित्तीय संस्थाको हितलाई सदैव ध्यानमा राखी आफ्नो कर्तव्य इमान्दारीताका साथ पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

Prabhu
Crest

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री श्रीराम पोख्रेल तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

हाल यस वित्तीय संस्थाको पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४२,५०० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पु-याईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS