नेप्से दोहोरो अंकले बढ्यो , १ अर्ब माथिको कारोबार

Citizen Life Insurance Co

काठमाडौं । नेप्से १४ दशमलव ९० अंकले बढेर १३६२ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज १ सय ८९ कम्पनीको ३२ लाख १२ हजार ९ सय २४ कित्ता शेयरकिनबेच हुँदा १ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।

होटल, उत्पादनमूलक क्षेत्र, माइक्रोफाइनान्स र जीवन बीमा बाहेक सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै एनआईसी एशिया बैंैक शेयरकोे १० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

एनआईसी एशिया लघुवित्तका शेयरधनीले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् भने ,नबिल ब्यालेन्स फन्डका शेयरधनीले ९ दशमलव ६३ प्रतिशतका दरले कमाएको छ।
मिथिला लघुवित्त शेयरधनीहरुले ५ दशमलव ४५ प्रतिशतका दरले गुमाएको छ भन प्रोग्रेशन फाइनान्स शेयरधनीहरुले ४ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार