IME Life

जनताको भागको शेयर काटेर म्युचुअल फण्डलाई केका लागि ?

SPIL
NIC ASIA

काठमाडौं । अहिले सम्पूर्ण आईपीओमा म्युचुअल फण्डलाई ५ प्रतिशत शेयर छुट्टाईएको हुन्छ। यसको अर्थ नेपालमा संचालनमा रहेका म्युअचल फण्डले निकै राम्रो कित्ता शेयर प्रति ईकाई एक सय रुपैयाँमा प्राप्त गरेका छन्। अहिले भर्खरका केही आईपीओको बारेमा कुरा गरौ :

प्रति कित्ता एक सयको दरले एनआईसी एशिया लघुवित्तले ४७ लाख ५५ हजार कित्ता साधारण शेयर आईपीओ निस्काशन गरेको थियो । उक्त कित्ता मध्य ५ प्रतिशत शेयर अर्थात २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको थियो।

Prabhu
Crest

त्यस्तै अब त्यसपछिको आईपीओको बारेमा कुरा गरौ ! साधना लघुवित्तले ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर आईपीओ निस्काशन गरेकोमा ५ प्रतिशत शेयर अर्थात ३५ हजार ३ सय ९० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। त्यस्तै अजोड इन्स्योरेन्सको आईपीओमा पनि निस्काशन गरिएको ३० लाख कित्ता मध्य ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ । झन् नेपाल पुनर्बीमा कम्पनीको आईपीओको कुरै नगरौ ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो ।

नेपालका म्युचुअल फण्डहरु एक हिसाबले आईपीओको शेयरबाट टिकिरहेका छन् भनेर प्रस्ट हुन्छ । नभए यति धेरै कित्ता आईपीओ पाउँदा पनि उनीहरुको प्रति ईकाई खुद मूल्य लाजमर्दो छ। कति म्युचुअल फण्डले त वर्षौ वर्ष लाभांश दिन सकेका छैनन  । केही म्युचुअल फण्ड त सुरु गरेबाट एक पटक पनि लाभांश नदिएर बन्द होलान जस्तो छ । यस्तो अवस्थामा साधारण जनताको शेयर काटेर म्युचुअल फण्डलाई दिनु भनेको नेपाली लगानीकर्ताको हृदय माथि प्रहार गर्नु जस्तै हो ।

फेरी पनि साधाना लघुवित्तको आईपीओको बारेमा कुरा गरौ ! साधना लघुवित्तको ३५ हजार ३ सय ९० कित्ता शेयर म्युचुअल फण्डलाई सुरक्षित गरिएको थियो । यदि त्यो शेयर लगानीकर्तालाई दिएको भए थप ३ हजार ५ सय ३९ जना लगानीकर्ताले दश कित्ता शेयर पाउँथे ।

यसरी जनताको भागको शेयर काटेर म्युचुअल फण्डलाई दिनु भनेको अहिलेको अवस्थामा समय सान्दर्भिक देखिदैन किनकी म्युचुअल फण्डले बजारको लागि के योगदान दिए ? म्युचुअल फण्डमा लगानी गर्ने ईकाईधनीले राम्रो प्रतिफल पाएको भए वा समग्र बजार विकासका लागि म्युचुअल फण्ड योगदान भएको भए म्युचुअल फण्डले सो शेयर पाउनु ठीकै हुन्थ्यो । त्यसैले आईपीओको पाँच प्रतिशत शेयर लगेर म्युचुअल फण्डलाई दिनु भनेको अहिलेको समयमा लगानीकर्तालाई धोका हो ।

सम्बन्धीत निकायले अब तुरुन्तै म्युचुअल फण्डलाई दिने गरेको ५ प्रतिशत शेयर आरक्षण लिएर साधारण जनातालाई दिनु पर्छ जसले गर्दा धेरै लगानीकर्ताको मुहारमा खुशी आउने छ र समग्र बजार विकासमा सहयोग पुग्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS