IME Life

सडक निमार्ण कार्य क्षति वापत राष्ट्रिय बीमा कम्पनीद्धारा ४६ लाख ८३ हजार रुपैयाँ भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले जनकपुर सडकको निमार्ण कार्य क्षति दावी स्वरुप ४६ लाख ८३ हजार ८ सय ८६ रुपैयाँ प्रदान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले सम्वन्धित कम्पनीका प्रतिनिधीलाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ ।

जनकपुर परिक्रमा, व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत जटही जनकपुर सडक विस्तार तथा स्तरोन्नति कार्य निर्माण व्यवसायी लामार डाँफे र धुकुछुबाट भइरहेको थियो उक्त सडकको बीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा गरिएको थियो । सोही अनुरुप सडकको निमार्ण कार्य क्षति दावी स्वरुप कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

गत वर्ष २०७६ असार २६, २७ र २८ को अबिरल वर्षाको बाढीले सडक खण्डको विभिन्न स्थानहरुमा पानी जम्मा भई निर्माण सामाग्रीहरु लगायत सडकको निमार्ण कार्य समेतमा क्षति भई दावी परेकोमा बीमा कम्पनीले उक्त रकम भुक्तानी गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS