IME Life

लघुवित्तको लाइसेन्स रोक्दै राष्ट्र बैंक

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई नयाँ लाइसेन्स नदिने भएको छ । आगामी मौद्रिक नीतिका विषयमा अर्थ समितिले सोमबार आयोजना गरेको छलफलमा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । अब आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति मार्फत लघुवित्त वित्तीय संस्थाको इजाजत बन्द गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

इजाजतको लागि पाइपलाइनमा रहेका लघुवित्तलाई समेत लाइसेन्स नदिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका वित्तीय संस्थाको लाइसेन्स पहिल्यै रोकिसकेको छ । हाल ९१ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा आइसकेका छन्।

Prabhu
Crest

विगतमा पनि मनपरी ढंगले लाइसेन्स वितरण गरेकै कारण बैंक तथा वित्तीय संस्थाको संख्या धेरै भएको र ती संस्था व्यवस्थापनकै लागि पछिल्लो समयमा राष्ट्र बैंकले मर्जरलाई जोड दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS