ङादी गुप्र पावरको यस्तो देखियो तेस्रो त्रैमास

Citizen Life Insurance Co

काठमाडौं । ङादी गुप्र पावरले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षमा कम्पनीले ४ करोड ६९ लाख १८ हजार खुद नाफा गर्न सफल भएको छ । गत वषको सोहि अवधिमा कम्पनीले ४ करोड १६ लाख ९३ हजार खुद नाफा गरेका थियो । गत बर्षको तुलनामा कम्पनीकमो नाफामा थोरै सुधार आएको छ ।

चालु आर्थिक बर्षमा कम्पनीको विद्युत विक्री आम्दानी भने २ प्रतिशत कम भएको छ । गत बर्ष १० करोड ६६ लाख ५२ हजार विद्युत् विक्रीबाट आम्दानी गरेको यस कम्पनीले समिक्षा अवधिमा १० करोड ४३ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

समिक्षा अवधिमा कम्नीको संचालन मुनाफा घटेके छ । गत वर्ष ९ करोड १७ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षमा ९ करोड १२ लाख ५६ हजार संचालन मुनाफा आर्जन गरेको छ ।

कम्पनीको हालको चुक्ता पुँजी ५३ करोड ५५ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार