IME Life

अजोड इन्स्योरेन्सको आइपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको आइपीओमा तेस्रो दिन ५.४१ गुणा बढी आवेदन परेको छ । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आइतबार बेलुका पाँच बजेसम्ममा चार लाख १ हजार ५ सय २ लगानीकर्ताले करिब १ करोड ४७ लाख ८५ हजार १ सय ५० कित्ता बढी शेयरको लागि आवेदन दिएका छन् ।

इन्स्योरेन्सले असार २५ गतेदेखि ३० करोड रुपैयाँको आईपिओ बिक्रि खुला गरेको हो । जसमध्ये चार प्रतिशत( एक लाख २० हजार कित्ता) कर्मचारीको लागि र पाँच प्रतिशत (एक लाख ५० हजार कित्ता) म्युचअल फन्डको लागि छुट्याइएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ताको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

यसमा आस्वा सदस्य भएका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । मेरो शेयर मार्फत पनि आवेदन दिन पाईन्छ । लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म्का लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS